फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका एक हुद्दाको मृत्यु

अत्तरिया- कैलालीमा सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाले ज्यान गुमाएका छन् भने एक सहसेनानी घाइते भएका छन्।

Ganyapdhura gau

मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालित फायरिङ अभ्यासका क्रममा बिहीबार बिहान ग्रिनेड विस्फोट भएको हो।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार विस्फोटमा हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए। उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा बिहीबार मध्याह्न १२ बजे मृत्यु भएको हो। विष्टको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो।

घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरमा छर्रा लागे पनि अवस्था सामान्य रहेको बताइएको छ। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।

सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट बिहीबार बिहान सवा ९ बजे फायरिङ अभ्यासका लागि गएको टोली तालिमकै क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

Couple
Loading...