धनगढीमा नगर बस सेवा थप चार रुटमा विस्तार हुने

धनगढी- धनगढी उपमहानगरपालिकाले हाल सञ्चालनमा रहेको फूलवारी–धनगढी–अत्तरिया रुटसँगै आगामी आर्थिक वर्षदेखि थप चार रुटमा नगर बस सेवा विस्तार गर्ने भएको छ।

उपमहानगरपालिकाले ग्रामीण र सहरी क्षेत्रलाई जोड्दै आर्थिक गतिविधि तथा स्थानीय बासिन्दाको आयआर्जन वृद्धि गर्ने उद्देश्यले नयाँ रुटमा बस सेवा सञ्चालन गर्न लागेको जनाएको छ।

Navadurga sun

नयाँ सञ्चालन हुने रुटहरू:

  • धनगढी – कनरी – रामपुर – चौमला
  • धनगढी – पथरी – वनबेहडा
  • बेली – जुगेडा – घुईँयाघाट – बंगरा कटान
  • धनगढी – घोडसुवा – स्याउले

धनगढी उपमहानगरपालिकाले २०८१ भदौदेखि फूलवारी–धनगढी–अत्तरिया रुटमा नगर बस सेवा सञ्चालन गर्दै आएको छ। नयाँ चार रुट थपिएपछि नगर बस सेवा कुल पाँच रुटमा विस्तार हुनेछ।

बस सेवा विस्तारका लागि उपमहानगरपालिकाले ६ वटा विद्युतीय मिनिबस खरिद प्रक्रिया अघि बढाएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...