कैलालीका विद्यालयहरु संचालनमा ल्याउन स्थानीय प्रशासनको तयारी

अत्तरिया, १६ भदौ- कैलालीका विद्यालयहरु संचालनमा ल्याउन स्थानीय प्रशासन सकारात्मक देखिएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले विद्यालय सञ्चलन गर्ने कुरामा सरोकारवाला निकायहरुसंग छलफल गरेर के कसरि जान सकिन्छ भन्ने बिषयलाई अध्ययन गरी विद्यालय संचालन गर्ने बिषयमा सकारात्मक देखिएको हो ।

विद्यालय सञ्चलन गर्ने विषयमा स्थानीय तहसंग बैठक राखेर के कस्ता मापदण्ड अपनाएर सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । अन्य सबै क्षेत्र लगभग खुलेको अवस्थामा शैक्षिक संस्था पनि सञ्चालनको माग भइरहेकोले यसमा स्थानीय प्रशासनले पहल थालेको प्रमुख जिल्ला अधिकारी रिजालको भनाई छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अन्य सबै क्षेत्र खुलिसकेको अवस्थामा कोभिड-१९ को जोखिम कायमै रहेको भन्दै कैलाली सहित देशभरका अधिकांश जिल्लाका विद्यालय बन्द गरिएका छन । तर विभिन्न जिल्लामा भने विद्यालय सञ्चलनको निणर्य भइसकेको छ ।

बझाङका सम्पूणर् विद्यालय सञ्चालन भएका छन् भने आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले विद्यालय सञ्चलनबारे निणर्य गरेको छ ।

नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही स्थानीय तहहरुको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरि विद्यालयहरु सञ्चालन गर्न पाउने आदेश जारी भएको छ ।

Loading...