डिपिनेट नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बस्नेत

धनगढी- प्रकोप पूर्वतयारी सञ्जाल (डिपिनेट) नेपालको सुदूरपश्चिम प्रदेश अधिवेशनले शेरबहादुर बस्नेताको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सामाजिक अभियान्ता बस्नेत फाया नेपालका कार्यकारी निर्देशक हुन् ।

समितिको उपाध्यक्षमा नेपाल राष्ट्रिय समाज कल्याण संघका अशोकबिक्रम जैरु, सचिवमा एमपिडिएसका राजेन्द्र रैका, कोषाध्यक्षमा दलित महिला अधिकार मञ्चका निर्मला बिक र उपसचिवमा पिसविनका कमला बुढाथोकी चयन भएका छन् ।

Navadurga sun
Godawari sandesh

त्यस्तै समितिको सदस्यहरुमा सिआरडिएसका प्रकाशचन्द्र मिश्र, ओसिडका गुणदेव पन्त, इडिसिका केशव परियार रहेका छन् । सल्लाहकारमा एचआसी बाजुराका सिर्जना बिष्ट, प्रयास नेपालका देवीलाल उपाध्यायलाई चयन गरिएको छ ।

Dadeldhura hospital

अधिवेशन उद्घाटन गर्दै डिपिनेटका केन्द्रीय अध्यक्ष डा।राजु थापाले नेपालमा विपद् व्यवस्थापन सुधार गर्न र विपद जोखिम न्यूनिकरणमा डिपिनेट एक प्रमुख राष्ट्रिय छाता संगठनको रूपमा स्थापित भएको बताए । विपद् व्यवस्थापन र न्युनिकरणको क्षेत्रमा संघ, प्रदेश, स्थानीय सरकार र सबै सरोकारवाला निकायहरु बीच प्रभावकारी सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा उनले जोड दिए ।

नवनिर्वाचित प्रदेश अध्यक्ष बस्नेतले विपद् व्यवस्थापन र न्यूनिकरणको क्षेत्रमा सबै सरोकारवाला निकायको सहयोग र समन्वयमा एउटा दरो र प्रभावकारी कदल चाल्न पहल गर्ने बताए । उनले सुदूरपश्चिम प्रदेश सचिवालयलाई विपद् व्यवस्थापनको सिकाइ केन्द्र र अनुभव आदानप्रदान गर्ने केन्द्र बनाउन श्रोत केन्द्र निर्माणमा पहल थाल्ने बताए ।

कार्यक्रममा डिसिएका संयोजक दिनेश गुरुङले डिपिनेट सुदूरपश्चिम समितिले विपद् व्यवस्थापनको श्रोत केन्द्र बनाउने योजनामा डिसिएले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

अधिवेशनमा प्रमुख अतिथि डिपिनेटका केन्द्रिय अध्यक्ष डा।राजु थापा, विशेष अतिथि नेपाल सरकारका पूर्वसचिव एवम् विपद जोखिम न्यूनिकरण अभियानका अभियन्ता केदार न्यौपाने, डिपिनेटका महासचिव सुरज गौतम, उपमहासचिव हर्षमान महर्जन, डिपिनेटका निवर्तमान अध्यक्ष सुर्यबहादुर थापालगायतको सहभागिता रहेको थियो ।

अधिवेशनको बन्द सत्रको संचालन फाया नेपालका संयोजक धनपती ढुंगेलले गरेका थिए भने स्वागत मन्तव्य नेपाल राष्ट्रिय समाज कल्याण संघका निर्देशक अशोकबिक्रम जैरुले गरेका थिए ।

Loading...