नेपाल र भारतबीचको खेल हेर्न १ हजार र २ हजारको टिकट

काठमाडौं, १६ भदौ– नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको टिकट मूल्य एक हजार र दुई हजार रुपैयाँ तय भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार दुई किसिमको टिकट मूल्य तय गरेको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

जसअनुसार साधारण प्यारापिटतर्फ १ हजार र भीआईपी प्यारापिटतर्फ २ हजार टिकट मूल्य तोकिएको एन्फाले जनाएको छ । नेपाल र भारतबीच पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ ।

Navadurga sun
Godawari sandesh

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सन् २०१७ पछि नेपाल र भारतबीच पहिलो पटक खेल हुन लागेको हो ।

खेल हेर्न जान कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ । यदि खोप नलगाएको भए कोरोना परीक्षण नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ ।

Couple
Loading...