सुदूरपश्चिम स्पोर्ट्स अवार्ड ७ चैतमा हुँदै

अत्तरिया- आगामी ७ चैतमा सुदूरपश्चिम स्पोर्ट्स अवार्डको छैटौँ संस्करण सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१ आयोजना हुने भएको छ । छैटौँ संस्करणलाई थप स्तरीय बनाउन अहिलेदेखि नै आफूहरू जुटिसकेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई आगामी देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ,’ उनले भने, ‘यसपालि खुल्ला मैदानमा अवार्ड कार्यक्रम आयोजनाको तयारी थालेका छौँ ।’

Navadurga sun

पाठकका अनुसार अवार्ड कार्यक्रममा वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदपुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार नगदसहित ट्रफी प्रदान गरिनेछ ।

हरेक वर्ष सुदूरपश्चिम स्पोर्ट्स अवार्डका लागि प्रवर्द्धन गर्दै आएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‍ यसपटक पनि प्रवर्द्धकका रूपमा रहने छ । सोसम्बन्धी सम्झौतापत्रमा परिषद्‌का सदस्यसचिव दीपकबहादुर सिंह र मञ्चका अध्यक्ष पाठकले हस्ताक्षर गरेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...