सुदूरपश्चिम समावेशी विद्यालय अत्तरियालाई रिलायबल इन्स्योरेन्सद्वारा खाद्यान्न सहयोग

अत्तरिया, १५ भदौ- सुदूरपश्चिमको स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा अवस्थीत सुदूरपश्चिम समावेशी विद्यालय अत्तरियालाई मंगलबार खाद्यान्न सहयोग गरिएको छ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेड शाखा अत्तरियाले आफ्नो चौथो बार्षिक उत्सवको अवसरमा विद्यालयलाई खाद्यान्न सहयोग गरेको हो ।

खाद्यान्न अन्तर्गत ३ कट्टा चामल,४ केजी मसुर अरर दाल, २ लिटर खाने तेल, २ दर्जन नुहाउने र कपडा धुने साबुन गरि ५ हजार ५ सय २० बराबरको सामान एक औपचारिक कार्यक्रम बिच वितरण गरिएको रिलायबल इन्स्योरेन्स अत्तरिया शाखाका प्रमुख धर्म सि कुवरले बिद्यालयका प्रअ देवि साउदलाई हस्तान्तरण गरेका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कुवरले बार्षिक उत्सवको अवसरमा थोरै भएपनि विद्यालयलाई सहयोग गर्न पाउँदा खुशि व्यक्त गर्दै आगामि दिनमा पनि विद्यालयलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।

कार्यक्रममा रिलायबलका स्टाफ नवराज शर्मा, कविता चन्द, बिद्यालयका स्टाफ र बिद्यार्थीहरुको सहभागिता समेत रहेको थियो ।

उक्त कार्यक्रममा विद्यालयका प्रअ देवि साउदले सहयोगी रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडलाई हार्दिक धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

Loading...