कञ्चनपुरमा १२ लाख बढीको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा १२ लाख मुल्य बढीको अवैध सामान बरामद गरिएको छ। जिल्लाको बिभिन्न स्थान भीमदत्त नगरपालिका–६ ऐठपुर, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, बेलौरी नगरपालिका–५ मैनाह र बेलौरी नगरपालिका–८ कलकत्ताबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १२ लाख ११ हजार ९० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ।

उक्त मूल्य बराबरको पेय पदार्थ, तरकारी, खाने तेल, सुर्ती, चक्लेट, बिभिन्न किसिमका कपडा, काँसका भाडाँ, बिजुलीका स्विच, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना, मोटरसाईकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले आइतवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...