दार्चुला पहिरोमा घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्वार

अत्तरिया, १४ भदौ- दार्चुला पहिरोमा परी घाइते भएका दुई जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का जनक पार्की र उजेली डडाललाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीमा उपचार गर्नका लागि उद्धार गरिएको हो।

Dadeldhura hospital

दुबै जनाको उपचार धनगढीमा हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता भएका छन्।
बाढी पहिरोले जिल्लाको अपि हिमाल गाउँपालिकामा बाढिले तीन वटा पुल बगाएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

रिगुर खोलामा आएको बाढिका कारण ककनाडी र चौकीबगडमा रहेको झोलुङ्गे पूल बगाएको वडाअध्यक्ष गामसिह धामीले जानकारी दिए । पूल बगाए पछि स्थानीयलाई आवत जावतमै समस्या भएको छ। यसैगरी वडा नम्बर १ को थेपलेगाडमा रहेको काठेपूल बगाएको छ । काठेपूल बगाउँदा स्थानीयको आवतजावत ठप्प छ ।

Loading...