धनगढीमा आयोजना हुने सीप तथा रोजगार मेलाको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने

धनगढी- धनगढी उपमहानगरपालिकाले आयोजना गर्ने सीप तथा रोजगार मेलाको तयारी पुरा भएको छ । धनगढी–१ खुलामंचमा मेला हुने जनाइएको छ । मेलाको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

बढ्दो बेरोजगारी अन्त्यसँगै युवाहरुमा उत्पन्न निराशाले देशकै भविष्य अन्धकार गोरेटो तर्फ धकेलिने खतरा देखिएकाले युवाहरुमा आशाको संचार भरेर स्वरोजगार र आत्मनिर्भर बनाई सिर्जनशील कार्यद्धारा देश बनाउने उत्प्रेणा जागृत गराउने उदेश्यले मेलाको आयोजना गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

उनले संघ, प्रदेश र सबै स्थानीय तहले यस्ता मेला हरेक वर्ष चलाउनु पर्ने बताए । उनले सीप सिकेर बाहिर काम गर्न जाँदा पनि रोजगारी मिल्ने र उचित तलब पनि पाइने बताए । मेलामा सुदुरपश्चिम प्रदेशको ९ जिल्लाको ४७ पालिकाबाट ४८३० जना सहभागी मध्ये छनौटमा ९ जिल्लाको ३९ पालिकाका १ हजार ४० जनालाइ विभिन्न ८ क्षेत्रका २९ बिषयमा तालिम दिन थालिएको नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले बताए ।

उनले तालिमको उदेश्य युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको माग अनुसार सीप सिकाई दक्ष बनाउने,स्वदेशमै रोजगारका अवसर पाउनका लागि दक्ष जनशक्ति तयार पार्ने, युवाहरुलाई सीप सिकाई दक्ष बनाएर बैदेशिक रोजगारीमा आर्कषक र राम्रो रोजगाररको अवसरका लागि योग्य बनाउने रहेको बताए ।

त्यस्तै युवाहरुलाई दक्ष बनाई स्वउधमी बन्न र स्टार्टसअप व्यवसायका लागि उत्प्रेरित गर्ने,मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशत्तिः बिच रोजगारीका लागि अन्तरक्रिया गराउने तथा सम्बधित रोजगारको लागि ओजेटी गराईने तथा युवाहरुलाई स्वरोजगारको अवसरका बारेमा जानकारी दिने रहेको उनले बताए ।

धनगढीको खुल्ला मंचमा ४० दिन सम्म सो मेला संचालन हुने उनले बताए । अटोमोबाईल, निर्माण, आतिथ्य सत्कार,ईलेक्ट्रिकल र मेकानिकल, सूचना प्रविधि, शैक्षिक,स्वास्थ्य तथा सौन्दर्य,आर्ट एण्ड क्राप्ट डिजाईनिङ लगायत ८ बिद्याका २९ बिषयमा तालिम दिईने आयोजकले जनाएको छ ।

Loading...