कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ

धनगढी । कैलालीबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय मेसक चौधरी र १९ वर्षीय अमृत चौधरी पक्राउ परेका छन्। यी दुबै जनालाई निमेडोल १७ ट्याबलेट र टरामाडोल ४३ ट्याबलेटसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

यस्तै गोदावरी नगरपालिका–२ पहाड रोड तेघरीबाट सोही ठाउँ बस्ने २७ वर्षीय दिपेन्द्र राज लेखक र २२ वर्षीय आशिष भण्डारीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका छन्।

Navadurga sun
Godawari sandesh

धनगढी उपमहानगरपालिका–५ लब्लीचोकबाट कैलारी गाउँपालिका–३ बस्ने २८ वर्षीय निमोह चौधरीलाई १ सय मिलिग्राम खैरो हेरोइनसहित सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। आइतवार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भईरहेको छ।

Couple
Loading...