कर्मचारी संगठनले नियमावली २०८१ मा संशोधन गर्न पर्ने विभिन्न विषय समावेश गरी बुझायो ज्ञापन

धनगढी- नेपाल निजामती कर्मचारी संगठन कैलालीले प्रदेश निजामती सेवा नियमावली २०८१ मा संशोधन गर्न पर्ने विभिन्न विषय समावेश गरी सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमल प्रसाद पोखरेललाई ज्ञापन बुझाएको छ ।

Dadeldhura hospital

निजामती कर्मचारी संगठनका कैलाली अध्यक्ष खकेन्द्र रावलको नेतृत्वमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।

Navadurga sun
Godawari sandesh

संगठनका प्रदेश उपाध्यक्ष बालकृष्ण जोशी, प्रदेश सदस्य नरराज पाण्डेय, जिल्ला उपाध्यक्ष शर्मिला बस्नेत, सचिव तारामान रावल, संगठनका निवर्तमान अध्यक्ष लक्ष्मण जोशी लगायत ज्ञापन पत्र बुझाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका छन् ।

Loading...