नेपाली कांग्रेस कैलालीद्वारा गोदावरी नगरपालिकालाई सम्मान

अत्तरिया- नेपाली कांग्रेसले स्थानीय निकायमा जित हासिल गरी पार्टीलाई सबैभन्दा बढी लेवी तिरेका निकायलाई सम्मान गरेको छ । यस क्रममा कैलाली जिल्लाका गोदावरी नगरपालिका र कैलारी गाउँपालिका, जानकी गाउँपालिकालाई विशेष सम्मान प्रदान गरिएको छ ।

Ganyapdhura gau

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले सम्मान पत्र ग्रहण गरेका छन् । सम्मान ग्रहण गर्दै उनले स्थानीय निकायको दायित्व मात्र नभई पार्टीप्रतिको उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिने बताए । उनले भने, “हाम्रो प्राथमिकता नगरवासीको सेवा हो, तर पार्टीलाई आर्थिक रूपमा सुदृढ बनाउन योगदान पुर्‍याउनु पनि हाम्रो जिम्मेवारी हो ।”

Navadurga sun

त्यसैगरी नेपाली कांग्रेस गोदावरी नगरपालिका नगर सभापति वीर बहादुर चोखाल लाई पनि पार्टीले सम्मान गरेको छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएका निसर्ग हस्पिटलका अध्यक्ष तिर्थ राज पन्त, कैलाली उघोग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझा शर्मा लाई पनि सम्मान गरेको थियो ।

Dadhaldhura pur

नेपाली कांग्रेसले स्थानीय निकायमा विजयी भएका आफ्ना प्रतिनिधिहरूले तिरेको लेवीको आधारमा सम्मान गर्ने परम्परा अघि बढाएको छ । पार्टीको आर्थिक सुदृढीकरणमा स्थानीय तहको योगदान महत्वपूर्ण हुने भएकाले यस्तो सम्मान कार्यक्रम गरिएको पार्टी स्रोतले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस कैलालीका नेता तथा स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । उनीहरूले पार्टीलाई आर्थिक रूपमा सक्षम बनाउन स्थानीय निकायले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । कैलारी गाउँपालिकाका प्रतिनिधिहरूले पनि सम्मान ग्रहण गरेका छन् ।

यस सम्मानले स्थानीय जनप्रतिनिधिहरूलाई अझ जिम्मेवार बनाउने र पार्टीप्रति उनीहरूको प्रतिबद्धता अभिव्यक्त गर्ने अवसर प्रदान गर्ने कांग्रेस नेताहरूको धारणा छ ।

कैलाली जिल्ला सम्मेलनको उद्घाटन नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गरेकी छन् ।

सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश कार्यसमिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति, पदाधिकारीहरू, पालिका सभापति, पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।

त्यसैगरी, पार्टीका वडा सभापति, क्षेत्रीय प्रतिनिधि तथा भातृ एवं शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरू पनि सहभागी छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...