घोडाघोडी नगरपालिकाले राती १० बजेपछि घरबाहिर ननिस्कन आग्रह

कैलाली- कैलालीको घोडाघोडी नगरपालिकाले राती १० बजेपछि घरबाहिर ननिस्कन आग्रह गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै रातीको समयमा केही व्यक्तिले आतङ्क फैलाई रहेका कारण १० बजेपछि घरबाहिर ननिस्कन नगरबासीहरुलाई आग्रह गरेको हो ।

Dadeldhura hospital

‘नगरपालिकाका विशेष गरी वडा नं.१, २, ४, ६ र ८ का विभिन्न स्थानमा केही दिन देखी रातीको समयमा स्थानीयबासीहरुको घर, गोठ, परालमा अज्ञात समूहद्वारा आगो लगाउने, चोरी गर्ने जस्ता आपराधिक क्रियाकलापहरू गरी गाउँ टोलमा आतङ्कित बनाउने गरेको र सो कार्यबाट समाजमा त्रासको वातावरण सृजना गर्ने कार्यहरू बढी रहेको भन्ने गुनासो आइरहेकोले त्यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुन अनुसार कारबाहीको लागि नजिकको सुरक्षा निकायमा जानकारी गराऔँ’ नगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ ‘साथै रातीको समयमा सावधानी अपनाउन र अति आवश्यक काम बाहेक राती १० बजेपछि बाहिर ननिस्किन हुन जानकारी गराइन्छ ।’

Navadurga sun
Godawari sandesh

त्यस्तै नगरपालिकाले शुभ कार्यमा समेत राती १० बजेपछि बाजा बजाउन र हिँडडुल गर्ने काम नगर्न भनेको छ। साथै रातीको समयमा आतङ्क फैलाउने व्यक्तिलाई कानुन अनुसार कारबाहीका लागि नजिकको सुरक्षा निकायमा जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ ।

Loading...