महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन नेपालीको मृत्यु

एजेन्सी । भारतमा रेल दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ। लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो।

Dadeldhura hospital

आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ३ नेपालीसहित १२ जनाको मृत्यु भएको छ । मृत्य हुनेमध्ये नेपालका नन्दाराम विश्वकर्मा, लछिराम पासी र नवीन भण्डारीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुलिसकेको छैन।

Navadurga sun
Godawari sandesh

परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन्। दुर्घटनामा मृत्यु भएका बाँकी ६ जनाको परिचय खुलिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा घाइते भएका ४० जनालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

 

Loading...