नेकपा (माओवादी केन्द्र) ले तोक्यो नेताहरूको जिम्मेवारी, कसलाई के–के जिम्मेवारी ?

काठमाडौँ, ९ भदाै– नेकपा (माओवादी केन्द्र) ले नेताहरूको जिम्मेवारी तोकेको छ । यही भादाै ५ र ६ गते बसेको स्थायी कमिटी बैठकले सात वटा प्रदेश, केन्द्रिय विभागहरू र जिल्ला समितिका इन्चार्ज तथा प्रमुख तोकेको छ । नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका हुन् ।

उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी समेत दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको जिम्मेवारी दिइएको छ ।

Navadurga sun
Godawari sandesh

यही भदौ ५ र ६ गते बसेको केन्द्रीय समिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरूको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार प्रदेश नं १ को इन्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इन्चार्जमा गणेश शाह, वाग्मतीको इन्चार्जमा हितमान शाक्य, गण्डकीको इन्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इन्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इन्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।

यसै गरी विशेष समितिको इन्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इन्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैले राख्नुभएको छ । पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ ।

यस्तै नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाएका छन् ।

Dadeldhura hospital

परिपत्रमा हेर्नुहोस्:

 

Loading...