नेता कार्यकर्तालाई गलत बाटो त्यागेर पुनः पार्टीको मूलधारमा फर्कन आग्रह : अध्यक्ष ओली

Dadeldhura hospital

काठमाडौँ, ९ भदाै– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग्गिएर छुट्टै दल दर्ता प्रक्रियामा रहेका नेता कार्यकर्तालाई गलत बाटो त्यागेर पुनः पार्टीको मूलधारमा फर्कन आग्रह गरेका छन् । नेकपा एमाले स्थायी कमिटीको बैठकका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले पार्टी विभाजनको गलत बाटो त्यागेमा पार्टीले कुनै पूर्वाग्रह विभेद र कुनै पनि कारबाही नगर्ने दोहोर्‍याएका छन् ।

अध्यक्ष ओलीले दल विभाजनको दूषित मनसाय राखेर व्यक्ति विशेषका लागि अध्यादेश जारी गरेको भन्दै वर्तमान सरकारले मुलुकलाई अस्थिर र अलोकतान्त्रिक बाटोमा लैजान चाहेको बताए । पार्टीले १४ जना सांसदलाई गरेको कारबाहीको सभामुखले सूचना टाँस नगरेकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले सभामुखले संसदीय मर्यादा र निष्पक्ष भूमिका खेल्न नसकेको बताए ।

Loading...