चर्चित मोडल अनु खड्काले धनगढीमा ए के डान्स क्लब सञ्चालनमा ल्याइन

अत्तरिया- सुदूरपश्चिमकी चर्चित मोडल अनु खड्काले धनगढीमा डान्स क्लब सञ्चालनमा ल्याएकी छन् । खड्काले बुधबार औपचारिक कार्यक्रमका बीच उनका बुवा डम्बर बहादुर खड्काले रिवन काटेर उद्घाटन गरेका छन् । पेशाले स्टाफ नर्स समेत रहेकी खड्काले धनगढी उपमहानगरपालिका- ५ को जाई (पिपल चौतारा) नजिकै एके डान्स एण्ड जुम्बा क्लब सञ्चालनमा ल्याएकी हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

उद्‌घाटन कार्यक्रममा राष्ट्रिय संगितकर्मी संघ सुदूरपश्चिमका अध्यक्ष निलगगन सिंह, पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा, सुप कलाका महासचिव गुणाकर पनेरु, लेखक बिपी शाह, देउडा निर्देशक भीम थापा, रमेश बिजुली बिसी, देउडा गायक लाल बहादुर थापा, सरोज रोकाया, केएमसी म्युजिक क्लबकी अध्यक्ष अनिता धामी लगायतको उपस्थिति रहेको थियो । 

Navadurga sun
Godawari sandesh

मोडल खड्काले लामो समयदेखि म्युजिक भिडियोमा अभिनय गर्दै आएको र आफैले सिकेको क्षेत्रमा केही नयाँ काम गर्ने उद्देश्यले क्लब सञ्चालनमा ल्याएको बताइन् । क्लबले सुलभ मूल्यमा डान्स तथा जुम्बा कक्षा दिने व्यवस्था र विभिन्न नृत्य (डान्स) सिकउने छ भने जुम्बाका कक्षाहरु पनि सञ्चालन गरिने सञ्चालक अनु खड्काले बताइन् । 

Couple
Loading...