सुदूरपश्चिम विश्वविद्यालयमा कृषि स्नातकोत्तर तहको पढाइ हुने

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । विश्वविद्यालयको २०८१ साउनमा बसेको बाह्रौँ सिनेट बैठकले स्नातकोत्तर कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

Dadeldhura hospital

विश्वविद्यालयले यस वर्ष बाली विज्ञान विषय र आउँदो वर्ष क्रमशः बागवानी, कृषि अर्थशास्त्र, पशु विज्ञान, बाली संरक्षण, प्रसार शिक्षा, बाली प्रजनन, माटो विज्ञान आदि विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालन गर्दै जाने योजना बनाएको कृषि विज्ञान सङ्कायका डिन डा. विष्णुविलास अधिकारीले बताए । १० जनाले यसै वर्ष स्नातकोत्तर पढ्न पाउने भएका हुन ।  पढाइ खर्च साढे तीन लाख हुने छ । 

Navadurga sun
Godawari sandesh

पश्चिम नेपालस्थित त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका १० वटा जति क्याम्पसमा छ सय जना विद्यार्थीले स्नातक तह पढिरहेका छन् ।

त्यी मध्ये पाँच सय जना जतिले स्नातक तह पूरा गर्ने गरेका छन् । नेपालमा त्रिवि, कृषि तथा वन विज्ञान र पूर्वाञ्चल विश्वविद्यालयमा मात्रै स्नातकोत्तर तहमा पढाइ हुने गरेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा यस वर्ष बाली विज्ञान पढ्न पाउने १० जनामध्ये आठ जना फ्रेस विद्यार्थी र दुई जना सरकारी निकायमा सेवा गरिरहेका कृषि अधिकृतले कोटा पाउने छन् ।  

Loading...