अक्षयकोष स्थापना गर्न दृष्टि फाउन्डेसनले महायज्ञ गर्ने

धनगढी- अक्षयकोष स्थापना गर्न दृष्टि फाउन्डेसन धनगढीले माघमा महायज्ञ गर्ने भएको छ । धनगढी–१३ मा रहेको फाउन्डेसनले माघ २ गते देखि ९ गते सम्म सप्ताह ज्ञान महायज्ञ लगाउने भएको हो ।

बुधवार फाउन्डेसनकी अध्यक्ष कल्पना भट्टको अध्यक्षतामा बसेको भेलाले बेहडाबाबा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीको संयोजकत्वमा महायज्ञ आयोजक उपसमिति गठन गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

भेलामा महाकाव्यकार मनिराज जोशी, कथावाचक सत्यराज अवस्थी, व्यवसायी अनिल कुमार भुजनिया, कैलाली क्याम्पसका सहायक क्याम्पस प्रमुख लोक बहादुर बिष्टको उपस्थितमा महायज्ञ आयोजक उपसमिति गठन गरिएको छ ।

भेलामा वडा नम्बर ५ का अध्यक्ष गजेन्द्र शाही, ६ नम्बरका वडाअध्यक्ष भागीराम चौधरी वडा नम्बर ११ का वडाअध्यक्ष रुपसिंह कुँवर, निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्तको समेत सहभागिता रहेको थियो । असहाय महिला र बालबालिकाको उद्धार गरेर आश्रय दिँदै आएको दृष्टि फाउन्डेसनका लागि ५० लाखको अक्षयकोष स्थापना गर्न महायज्ञ आयोजना गरिन लागेको संयोजक जोशीले बताए ।

फाउन्डेसनले सञ्चालन गरेको आश्रममा आश्रय लिइरहेका महिला र बालबालिकाको पालनपोषण र उपचारमा सहयोग पुगोस् भनेर महायज्ञ आयोजना गर्न लागिएको बताइएको छ ।

महायज्ञमा अयोध्याबाट ८ वर्षीया कथा वाचिका अनुराधा पाण्डेले कथा वाचन गर्ने आयोजकले जनाएको छ । महायज्ञमा सरिक भइदिन दृष्टि फाउन्डेसनकी अध्यक्ष भट्टले सम्पूर्णमा अनुरोध गरेकी छन् ।

Loading...