भ्यु टावर हेर्न गएका कर्मचारी ५४ दिन देखि सम्पर्क विहीन

कञ्चनपुर- मनाङको चामेबाट हराएका बेदकोट नगरपालिका- ९ सुन्दरपुरका तारणीप्रसाद पन्त ५४ दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्। मनाङको चामेस्थित नेपाल बैंक लिमिटेडमा चौथो तहमा कार्यरत पन्त कात्तिक १० गतेदेखि सम्पर्कविहीन छन्।

Ganyapdhura gau
Dadeldhura hospital

भ्यु टावर हेर्न तारणी सहकर्मी अर्जुन खड्कासँग गएका थिए। खड्काले चढ्न नसक्ने भनेपछि पन्त एक्लै भ्यु टावर चढे। पन्तले अपराह्न ४ः४५ बजे खड्कासँग कुराकानी पनि गरेको उनका परिवारका सदस्य बताउँछन्।
राति अबेरसम्म नआएपछि खड्कालगायत बैंकका कर्मचारीले कुरा गर्न खोजे, तर फोन उठेन। राति १०ः४५ बजेपछि ‘स्विच अफ’ भयो ।

Navadurga sun
Godawari sandesh

पन्त सम्पर्कविहीन भएको खबर कात्तिक १० गते राति ११ बजे बैंकमा कार्यरत अर्चना बुढाथोकीले फोन गरेर जानकारी दिएको तारणीका भाइ विष्णुदत्त पन्तले बताए। ‘दाजु सम्पर्कविहीन भएको खबर पाइएपछि घरका चार जना सदस्य मनाङको चामे पुग्यौँ’, विष्णुदत्तले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बैंकका कर्मचारी र स्थानीय व्यापारी मिलेर सम्पर्कविहीन भएको क्षेत्र वरपर खोजतलास गर्यौँ, फेला परेनन्, निराश भएर घर फर्क्यौँ ।’

केही दिनअघि मात्र मनाङमा दाजु भेटिन्छन् कि भनेर फेरि खोज्न गएको तर निराश भई फर्किएको उनले बताए । उनका अनुसार प्रहरीले अन्य सुरक्षा निकायको सहयोगमा खोजतलास गरे पनि भेटिएका छैनन्। बैंकका तर्फबाट ड्रोन क्यामेरा र हेलिकप्टरको सहायताले खोजतलास गरे पनि तारणीको अत्तोपत्तो छैन । तारणीको मोबाइलको अन्तिम लोकेसन मनाङको चामेमै देखिएको छ । रासस

Couple
Loading...