धनगढी- कैलालीमा खैरो हेरोइनसहित ७ जना युवक पक्राउ परेका छन् । लागुऔषध ब्युरो धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटिएको प्रहरी टोलीले ७ जना युवकलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।



जिल्लाको धनगढी उपमहानगरपालिका–४ भाटभटेनी नजिकबाट २७ वर्षीय महेश भट्टलाई २ ग्राम ४७० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ ।


त्यस्तै धनगढी उपमहानगरपालिका–१२ बाट पट्टीघाटकाका १८ वर्षीय राजेश राना, सोही स्थानका २५ वर्षीय राम गोपाल रानालाई १ ग्राम ३४० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ । यस्तै जानकी गाउपालिका–९ खैरीफाँटाका १९ वर्षीय सचिन रावललाई पनि ३ ग्राम ९८० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको छ ।
त्यसैगरी धनगढी उपमहानगरपालिका–४ यातायात कार्यालय नजिकबाट सोही स्थानका २८ वर्षीय गोपाल रामजालि मगर ५१० मिलिग्राम र धनगढी–८ संगम टोलका २८ वर्षीइ सुरेश चौधरी १ ग्राम ५९० मिलिग्राम तथा धनगढी–१ का २८ वर्षीय मनिष चौधरी १ ग्राम ८४० मिलिग्राम लागुऔषधसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।