भन्सार छलीका सामान बरामद

धनगढी । कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ। धनगढी–३ ट्राफिक चौराहा, भजनी–९ पहलवानको जंगल नजिक र टीकापुर–९ पुरानो भन्सार स्थित भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ८५ हजार ३ सय बराबरको सामान बरामद गरिएको हो।

चिनी, हरियो खुर्सानी, चना, बच्चाको खेलौना, स्टिलका भाँडा, सुट पिस लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...