‘धनगढीको विकासमा सञ्चारकर्मीको भूमिका’ विषयमा छलफल

धनगढी- कैलालीको धनगढीमा ‘धनगढीको विकासमा सञ्चारकर्मीको भूमिका’ विषयमा छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

Dadeldhura hospital

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना र धनगढी उपमहानगरपालिकाको सहकार्यमा छलफल कार्यक्रमको आयोजना गरिएको हो ।

Navadurga sun
Godawari sandesh

शनिबार भएको उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिका–१८ का वडाअध्यक्ष भुवन रिजालले धनगढीमा देखिने गरी विकास भएको बताएका छन् । सो अवसरमा धनगढी उपमहानगरपालिका–३ का वडाअध्यक्ष राज बहादुर ऐरले पनि अघिल्लो कार्यकालभन्दा अहिले नगरवासीले अनुभुति गर्ने गरी विकासले गति लिएको बताए ।

वडा नम्बर ६ का वडा अध्यक्ष भागीराम चौधरीले पनि धनगढीमा शिक्षा, स्वास्थ्य देखि पूर्वाधार विकास सम्मै काम भएको बताए । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कार्यसमितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरु सहभागि थिए ।

Loading...