डडेल्धुरा- डडेल्धुरामा जिप दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।




जिल्लाको परशुराम नगरपालिका-११ सल्लेताका अन्दाजी ३० वर्षीय डम्मर धामीको मृत्यु भएको प्रहरी निरीक्षक डम्बर विष्टले बताए ।


यहि मंसिर ४ गते परशुराम नगरपालिका-९ स्थित दैजी-जोगबुढा सडकखण्डको लिप्नामा लु १ ज ४५७९ नम्बरको जिप दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा ९ जना घाइते भएका थिए भने दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । सोहि दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको आज उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो ।




