अत्तरिया खबरद्वारा बार्षिकोत्सवमा वृक्षारोपण र स्वास्थ्य सामग्री वितरण

अत्तरिया, १ भदाै– अत्तरिया खबर राष्ट्रिय दैनिकले बार्षिकोत्सवमामा वृक्षारोपण तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । अत्तरिया मिडिया प्रालिद्वारा संचालित अत्तरिया खबर दैनिकले आफ्नो पहिलो बार्षिकोत्सवका अवसरमा गोदावरीको वनदेवी मन्दिर परिसरमा वृक्षारोपण गरेको छ भने अत्तरिया क्षेत्रमा कार्यरत पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।

Dadeldhura hospital

कोरोना महामारीका कारण कुनै औपचारीक कार्यक्रम नगरिएपनि वातावरण संरक्षणमा सहयोग पुगोस भन्ने उद्देश्यले मन्दिर परिसरमा १ सय वटा बिभिन्न प्रजातीका विरुवा रोपिएको अत्तरिया खबर दैनिकका प्रकाशक तथा सम्पादक राज कुमार साउँदले बताए । वृक्षारोपण कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण राज जोशी लगायत अत्तरिया क्षेत्रका बिभिन्न संचारमाध्यममा आवद्ध पत्रकार लगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

वृक्षारोपण कार्यक्रम पश्चात सोहि कार्यक्रममा सहभागि पत्रकारहरुलाई कोरोना महामारीबाट बच्नको लागि स्वास्थ्य सामग्री अन्तरगत मास्क र सेनिटाईजर वितरण गरिएको थियो । कोरोना महामारीमा अग्रपङ्तिमा खटिएका पत्रकारलाई कोरोना संक्रमणबाट बचाउन सहयोग पुगोस भन्ने उद्देश्यले थोरै भएपनि स्वास्थ्य सामग्री वितरण गरिएको अत्तरिया मिडिया प्रालिका संचालक बालकृष्ण ओझाले बताए ।

एक बर्ष अगाडी कोरोना महामारीका कारण गरिएको लकडाउनकै बिच संचालनमा आएको अत्तरिया खबर दैनिकले आफ्नो अनलाईन संस्करण अत्तरिया अनलाईन डटकम पनि संचालनमा ल्याएको छ ।

Loading...