लागुऔषध सहित ६ जना युवक पक्राउ

अत्तरिया- इलाका प्रहरी कार्यालय मालाखेतीले लागुऔषध सहित ६ जना युवकलाई पक्राउ गरेको छ ।मालाखेती प्रहरी र मातहत प्रहरी युनिटबाट खटिएको टोलीले एक महिनाको अवधिमा लागुऔषध सहित ६ जना युवकलाई नियन्त्रणमा लिएको हो ।

१८ देखि २८ वर्ष उमेर समुहकका युवकलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । लागुऔषध सेवन, ओसारपसार र कारोबारमा संलग्नहरुलाई प्रहरीले खोजीखोजी नियन्त्रणमा लिन थालेको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सोही क्रममा गौरीगंगा नगरपालिका–४ राजिपुरबाट गौरीगंगा–४ का १८ वर्षीय मानबहादुर साउँद १८ ग्राम ७९० मिलिग्राम लागूऔषध पक्राउ परेका छन् ।

यस्तै गोदावरी नगरपालिका–१ अत्तरियाबाट गोदावरी–४ का २८ वर्षीय लोकेन्द्र बोगटी ६० मिलिग्राम लागूऔषध पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियाबाटै चुरे गाउँपालिका–३ का २१ वर्षीय निराजन शाह १ ग्राम २३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् । 

चुरे गाउँपालिका–३ बाट डोटीको जोरायल गाउँपालिका–२ का २४ वर्षीय गोबिन्द बिष्ट र २४ वर्षीय दिपक बिष्ट २ ग्राम ७९० मिलिग्राम लागूऔषध पक्राउ परेका छन्। यस्तै गोदावरी नगरपालिका–८ फकलपुरबाट लागुऔषधसहित निर्मल चौधरीलाई पनि पक्राउ गरिएको छ ।

उनी १ ग्राम ५० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन् । गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ का २३ वर्षीय जगत कठायत १२० मिलिग्राम लागूऔषध सहित पक्राउ परेका छन्। उनी गोदावरी नगरपालिका–८  खैरानाबाट आइतबार पक्राउ परेका हुन् ।

Loading...