“सर्वोत्कृष्ट कला पत्रकारिता” अवार्ड बैतडीका सन्तोष पाण्डेय लाई

अत्तरिया- कैलालीको धनगढीमा सम्पन्न तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१ मा पत्रकार सन्तोष पाण्डेय ‘सर्वोत्कृष्ट कला पत्रकारिता’ अवार्डबाट सम्मानित भएका छन् । बैतडी पाटन घर भएका पाण्डेय विगत एक दशक देखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका छन्।

Navadurga sun

सुप इन्टरटेन्मेन्ट हाउस प्रा.लि. र बाडुल्की मिडिया हाउस प्रा.लि को आयोजनामा सोमबार भएको अवार्ड बितरण तथा श्रष्टा सम्मान कार्यक्रम द रेसिडेन्सी इन वैभव प्यालेस एण्ड रिसोर्ट धनगढीमा सम्पन्न भएको थियो।

कार्यक्रमको सभापतित्व अनुप चन्द ठकुरीले गरेका थिए भने सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रमुख अतिथि थिए।

त्यस्तै निर्णायक मण्डलका प्रमुख वरिष्ठ कलाकार माधब बिस्ट “कैलाश” रहेका थिए । यस बर्ष २२ विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा सर्वोत्कृष्ट गीत, गायन, लय, शब्द, अभिनय, छायांकन, सम्पादन, निर्देशन, कला पत्रकारिता र उद्घोषण विधामा अवार्ड प्रदान गरिएको थियो।

सुप इन्टरटेन्मेन्ट हाउसका अध्यक्ष अनुप चन्द ठकुरीका अनुसार तेस्रो संस्करणले अवार्ड कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाएको छ।

पत्रकार पाण्डेय ले अवार्ड प्राप्त गर्दा थप हौसला र जिम्मेवारी महशुस भएको बताउँदै आयोजक र भोट गरि सहयोग गर्ने सहयोगी मनहरुलाइ विषेश सम्मान सहित धन्यवाद व्यक्त गरेका छन । पाण्डेय अत्तरिया न्युजका बैतडी सम्बादाता र गोदावरी पत्रकार मंचका सस्थापक सदस्य पनि हुन ।

ADD Khali jpg
Loading...