प्रहरी समायोजन ऐन चाँडै आउँछ : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन ऐन चाँडै आउने बताएका छन् । समायोजन ऐन प्रतिनिधिसभाको आउँदो अधिवेशनमा पेस गर्ने तयारी भइरहेको मन्त्री लेखकले बताए ।

Ganyapdhura gau
Dadeldhura hospital

मंगलबार धनगढीमा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रहरी समायोजन ऐन नआउँदासम्म प्रदेश सरकारको समन्वयमा काम गर्न सुरक्षा निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

Navadurga sun
Godawari sandesh

सुदूरपश्चिमका नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी तीन वटै सुरक्षा निकायका जिल्ला प्रमुखहरुको उपस्थिति रहेको प्रदेशस्तरीय गोष्ठीमा गृहमन्त्री लेखकले सुदूरपश्चिममा भारतीय सीमा क्षेत्रबाट लागूऔषध ओरापसार व्यापक भइरहेकोले निर्मम भएर नियन्त्रणमा लाग्न सुरक्षा निकायलाई निर्देशन गरेका छन् ।

 

Couple
Loading...