कञ्चनपुर- कञ्चनपुरको लालझाडीमा हात्तीले घर भत्काएको छ ।






लालझाडी गाउँपालिका–४ खल्लाजाईका हरिलाल टमाटा, शारदा टमाटा र ठग्गी कडाराको घर हात्तीले भत्काएको हो ।





लालझाडी हात्तीपीडित संघर्ष समितिका अध्यक्ष दर्शन रानाले आइतबार राति हात्तीले कच्ची घर भत्काएर अन्न समेत नष्ट गरेको बताए ।




