


काठमाडौँ- गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने सहित चार जनालाई थप १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।



न्यायाधीश नवराज दाहालको इजलासले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसहित गोरखा मिडिया नेटवर्कका पूर्व उपाध्यक्ष छविलाल जोशी, गिबी एन्ड ग्रुपकी कर्मचारी गीता पछाई र नेचर हर्ब्स इन्टरनेसनलका सञ्चालक रामबहादुर खनाललाई आइतवारबाट गणना हुने गरी १३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछानेलाई चौथोपटक म्याद थप गरिएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमै उनीहरु विरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा अनुसन्धान जारी छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा लगेर हिनामिना गरेको अभियोगमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो ।





