

धनगढी- कैलालीमा तीनवटा मोटरसाइकलसहित ५ लाख मूल्यको अवैध सामान बरामद गरिएको छ । जिल्लाको टीकापुर, धनगढी र भजनबाट अवैध सामान बरामद गरिएको हो ।



आइतबार टीकापुर नगरपालिका–९ ठोके बजार नजिकैबाट ४ लाख ४२ हजार ८५० मूल्यको हरियो खुर्सानी, बदाम, छिद्रा माछा र तीन थान मोटराइकल बरामद गरिएको छ ।


यस्तै धनगढी उप–महानगरपालिका–२ र वडा नम्बर १३ बाट ४७ हजार ६ सय मूल्यको कपडा, सुर्तिजन्य पदार्थ र प्लाष्टिक झिल्ली तथा भजनी नगरपालिका–७ शिविर टोलबाट १० हजार ४ सय मूल्यको चिनि र हरियो खुर्सानी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।





