कैलालीमा ५० स्थानबाट धान उत्पादनको तथ्यांक संकलन

धनगढी- कैलालीमा ५० स्थानबाट धान उत्पादनको तथ्यांक संकलन कार्य जारी रहेको छ । सुदूरपश्चिम प्रदेशका किसानले धान भित्र्याइसकेका छन् । मध्य जेठ बाटै रोपाइँ थाल्ने भएकाले यहाँका किसानले छिटो धान काटेका हुन् ।

अहिले धान काटेको जग्गा जोतेर हिउँदे बाली मुसुरो, तोरी लगायत लगाउने तयारीमा किसान छन् । तिहार अघि नै धान भित्र्याएका धनगढी उपमहानगरपालिका–५ का कृषक राम प्रसाद चौधरीले खेत जोतेर गहुँ छर्न लागेको बताएका छन् ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी श्याम जोशीले उत्पादन ७ देखि ८ प्रतिशत सम्म बढेको आंकलन गरिएको बताए ।

जिल्ला भरि ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्यांक संकलन गरिएको ज्ञान केन्द्र प्रमुख हरिप्रसाद पनेरूले बताए ।

सुदूरपश्चिममा यो वर्ष एक लाख ७४ हजार पाँच सय ७६ हेक्टरमा रोपाइँ भएको थियो । धान उत्पादनको पकेट क्षेत्रका रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४ दशमलव ७ मेट्रिकटन रहेको ज्ञान केन्द्रले जनाएको छ ।

आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकको भनाइ छ। कैलालीमा करिब ६८ हजार हेक्टरमा धानखेती हुने गरेको छ ।

Loading...