बैतडीको प्रसिद्ध महारुद्र मन्दिरमा कार्तिक २४ गते जात्रा हुने

सन्तोष पाण्डेय/बैतडी- बैतडीको प्रसिद्ध धार्मिक स्थल महारुद्र मन्दिरमा यही कार्तिक २४ गते जात्रा लाग्ने भएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

जिल्लाको पाटन नगरपालिका –२ मा पर्ने महारुद्र मन्दिरमा २४ गते रतेडी र २५ गते  दिउँसेडी जात्रा लाग्ने महारुद्र मन्दीर निमार्ण समितिका आर्थिक संयोजक करन सिह कठायतले बताउनुभयो ।

Navadurga sun
Godawari sandesh

प्रत्येक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने गर्दछ ।
सप्तमीका दिन सिमोडा स्थित भण्डार घरबाट देउरो लगेर शुक्ल सप्तमीको राति र अष्टमीको बिहान पूजाआजा हित जात्रा हुने गरेको छ । जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।

गत बर्ष महारुद्र जात्राको अवसरमा पाटन नगरपालिका ले सार्बजनिक बिदा दिएको थियो ।

Couple
Loading...