डोटीमा एक महिला मृत फेला

डोटी- डोटीको बडिकेदार गाउँपालिका– २ मा एक महिला मृत अवस्थामा फेला परेकी छन। सहजपुर–बोगटान सडक खण्डको चिन्नेमा एक महिला मृत अवस्थामा फेला परेकी हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

बडिकेदार गाउँपालिका–२ का वडाध्यक्ष प्रेमबहादुर घर्तिमगरले ५५ वर्षीया भागादेवी भाटको शव सडकबाट करिब एक सय मिटर तल जमिनमा घोप्टो परेको अवस्थामा भेटिएको बताए ।

Navadurga sun
Godawari sandesh

उनी शनिवार (भाइटीकाको दिन) आफ्नो घरबाट माइती जाने क्रममा रहेको जनाइएको छ । उनी लामो समय देखि उच्च रक्तचापले पीडित थिइन् ।

शरीरमा घाउ चोट पटक नदेखिएको र शव पोष्टमाटमका लागि धनगढी पठाइएको घर्तिमगरले बताए ।

Loading...