फ्रान्स उडिन् ‘साम्बा’

काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ साफ फाइनलकै राति फ्रान्स प्रस्थान गरेकी छिन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सीमित भएसँगै उनी व्यावसायिक फुटबलका लागि फ्रान्स प्रस्थान गरेकी हुन्।

Ganyapdhura gau

फ्रान्सेली महिला फुटबलमा शीर्ष श्रेणीको लिग क्लब अभान्ट ग्वेन्ग्याम्पबाट व्यावसायिक फुटबल खेल्दै आएकी सावित्राले साफमा तीन खेल मात्रै खेलिन्। उनले व्यावसायिक फुटबलका क्रममा फ्रान्समै रहँदा समूहचरणका दुई खेल खेलेकी थिइनन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अन्तर्राष्ट्रिय फुटबलमा नेपालको तर्पबाट सर्वाधिक गोलकर्ता रहेकी साम्बा गत वर्ष फ्रान्सेली क्लबमा आबद्ध भएकी थिइन्। उनलाई यो साफको पहिलो खेल फिफाको अन्तर्राष्ट्रिय खेलको लागि छुट्याएको अवधि ‘फिफा विन्डो’ मा नरहेकोले पनि क्लबले छाड्न अस्वीकार गरेको थियो।

त्यसैले समूहचरणमा भुटानविरुद्धको खेल उनले गुमाएकी थिइन्। उक्त खेलमा नेपालले भुटानसँग बराबरी खेलेको थियो। मुख्य प्रशिक्षक राजेन्द्र तामाङले माल्दिभ्सविरुद्धको खेलमा भने आराम दिएका थिए। उक्त खेलमा नेपाल ११९–० ले विजयी भएको थियो।

साम्बाले समूहचरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध मैदान उत्रिँदा उनले ६–० को जितमा एक गोल गरेकी थिइन्। भारतविरुद्धको सेमिफाइनलमा पनि उनले नेपाललाई पेनाल्टी सुटआउटसम्म पुर्‍याउन निर्णायक गोल गरेकी थिइन्।

 

Couple
Loading...