धनगढीमा मासु पसल सञ्चालनका लागि ७ लाख रुपैयाँ फिरौती माग





धनगढी, ३१ साउन– धनगढीमा मासु पसल सञ्चालका लागि एक समुहले ७ लाख रुपैयाँ फिरौती मागेको आरोप लागेको छ ।



धनगढी उपमहानगरपालिका वडा नम्बर एक पशुपति टोलमा दशकौँ देखि राँगाको मासु व्यवसायी गदैँ आएका पप्पु कुरैसीले पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । ‘मेरो बाजेको पाला देखि धनगढीमा राँगाको मासु व्यवसायी सुरु गरेको हो’, कुरैसीले पत्रकार सम्मेलनमा भने । ‘सुरुमा कब्रस्थान नजिक व्यवसायी गर्दथिए । ५ बर्ष अगाडि मस्जिद भएको गल्लीमा सारेको हो ।’ उनले स्थानीहरुको अनुमतीमा त्यहाँ सारेको बताए । ‘स्थानीय शेखमुनिर खान, यामी कुरैसी, पप्पु कुरैसी र सैजादे सल्मानी अहिलेकै मासु पसल राखेको ठाउँमा राख्नलाई सात लाख रुपैयाँ माग गरे ।’ उनले आफुले ७ लाख रुपैया तिर्न नसक्ने जवाफ फर्काएको बताएका छन् ।


पप्पु कुरैसील धनगढी उपहानरपालिका वडा नम्बर १ पशुपति टोलमा रहेको मासु पसल सञ्चालन गरिरहेका छन् । मस्जिदको दक्षिणतिर भाडामा सञ्चालन गरिरहेको मासु पसल आफ्नै समुदायका केही व्यक्तिहरुले जबरजस्ती हटाउन लागिरहेको आरोप लगाएका छन् । ‘पाँच वर्ष अघि मस्जिद नजिकैको ठाउँमा बस भनेर ठाउँ दिने मानिसहरुनै अहिले मलाई हटाउन धनगढी उपमहानगरपालिकामा पनि धाइरहेका छन्,’ उनले भने, ‘यो सबै शेखमुनिरको डिजाइनमा भइरहेको छ ।’ उनले फिरौती माग्ने समुहले आफ्नो पसल नजिक मासु पसल राख्दा पनि नचलेपछि आफ्नो हटाएर अहिले मेरो पसल पनि हटाउन लागिरहेका आरोप छ । नगरपालिकाका कर्मचारीलाई पनि प्रभावमा राखेर पलस हटाउने प्रयास गरिरहेका उनले बताए ।
मस्जिद नजिकै फोहोर भयो भन्ने बाहाना बनाएर आफूविरुद्ध उपमहानगरपालिकामा पनि उजुरी दिएर षड्यन्त्र गरिरहेको कुरैसीको आरोप छ । उजुरी परेपछि उपमहानगरपालिकाका कर्मचारी आएर पनि आफ्नो पसल हेरेको उनले बताए । शेखमुनिरले आफूलाई पैसा र शक्तिको आडमा उनले आफूजस्ता कैयौंलाई थिचोमिचो गरिरहेको उनको आरोप छ ।



