अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ मा रहेको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ। शनिबार नेपाल तरुण दलको ७२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गोदावरी आर्यघाटको सरसफाइ गरेको हो ।




नेपाल तरुण दलले आयोजना गरेको आर्यघाट सरसफाइ कार्यक्रममा नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्ट , प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा, पूर्व राज्य मन्त्री टेक बहादुर रैका , गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट, कैलाली क्षेत्र न. ४ का सभापति ललित रोकाया, जिल्ला कार्यसमिति सचिव निर्प सुनार, वडा अध्यक्ष रवीन्द्र शाही लगायत नेपाल तरुण दलका जिल्ला तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा सरसफाइ भएको छ ।





सरसफाइ कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी सभापति तथा राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले भने, तरुण दलको स्थापना दिवसको अवसरमा सुदूरपश्चिमको पर्यटकीय तथा अन्तिम संस्कार क्षेत्र गोदावरी आर्यघाटमा समय समयमा सरसफाइ गर्नु आवश्यक रहेको र नेपाल तरुण दलले समाज परिवर्तनका लागि समाज सेवामा पनि काम गरेकोले सकारात्मक भएको बताएका छन ।


तेसै गरी गोदावरी धाम सँगै आर्यघाट व्यवस्थापनका लागि गोदावरी नगरपालिकाका नगर प्रमुख केन्द्र देखि प्रदेशमा धाउनु भएको र प्रदेश र केन्द्रबाट पनि केही बजेट आएकोले यस पाली देखि नै यस पवित्र धामलाई विकासको रूप दिने जानकारी प्रदेश सांसद तथा पूर्व भौतिक विकास मंत्री प्रकाश देउवा बताएका छन । साथै नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले देशव्यापी रुपमा समाज सेवाको काम गर्दै गरेको समेत बताएका छन ।
नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा देशभर विविध क्रियाकलाप गरी समाज परिवर्तनका लागि काम गर्दै गर्दा कैलालीले पनि गोदावरीको आर्यघाट सरसफाईले गर्दा सबैको हितका लागि काम हुने भएकाले यही कामलाई छानेको र सरसफाइ गरेको कैलाली जिल्ला कार्यसमिति अध्यक्ष निराजन खड्काले बताएका छन ।
पछिल्लो समयमा लास जलाउन गएका व्यक्तिहरूले मरेका व्यक्तिहरूका लुगाकपडा तथा पानीका बोतलहरू जथाभावी फाल्ने गरेका कारण गोदावरी आर्यघाट दुर्गन्धित बन्दै गएको छ । आर्यघाटलाई व्यवस्थापन र सरसफाईका लागि गोदावरी नगरपालिकाले समय समयमा सरसफाइ गर्दै आएको नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ लगायतले आर्यघाट व्यवस्थापनका लागि समाज सेवा गर्दै गरेको समेत नेपाल तरुण दल गोदावरी नगर अध्यक्ष रमेश भट्टराईले बताएका छन ।
आर्यघाटमा खानेपानी, व्यवस्थित दाहसंस्कार स्थल लगायतका समस्या रहेका बताउँदै उनले आर्यघाट प्रयोग गर्दै आएका कैलाली, कञ्चनपुरका स्थानीय तहहरूले व्यवस्थापनमा लाग्न जरुरी रहेको उनले बताए ।




