धनगढी- चलचित्र १२ गाउँका निर्देशक तथा अभिनेता विराज भट्ट र नायक समिर भट्टले धनगढीस्थित एसटिएस सेनामा हलमा दर्शकसँग भेटघाट गरेका छन । दशैँको फूलपातीबाट प्रदर्शनीमा आएको चलचित्र १२ गाउँको प्रमोसनका लागि उनीहरु धनगढी आएका हुन ।




कैलालीको गोदावरी नगरपालिका–५ गेटामा जन्मिएका विराज भट्ट र उनका छोरा समिर चलचित्रको प्रमोसनका लागि धनगढीमा छन् ।





चलचित्र खुकुरीमा सहायक भूमिका र चलचित्र अग्नि पथबाट चलचित्रको मुख्य भूमिकामा अभिनय सुरु गरेका विराजले पहिलो पटक छोरा समिरलाई १२ गाउँबाट चलचित्रमा डेब्यु गरेका छन् ।


बिहीवार धनगढी स्थित एसटिएस सिनेमा हलमा विराज भट्टको निर्देशनमा रहेको चलचित्र १२ गाउँ उनकी आमा भागरथीले पनि हेर्दै थिन । अभिनेता विराज र समिर हलमा पुग्दा विराजले ‘मेरी आमा पनि यतै कतै हुनुहुन्छ’ भनेर खोजेका थिए । उनकी आमा भागरथी चलचित्र १२ गाउँ हेर्न धनगढीको एसटिएस सिनेमा हलमा पुगेकी हुन ।
कैलालीको गेटामा २०३७ सालको वैशाखमा जन्मीका विराज भट्टले नेपाली, थारू र भोजपुरी सिनेमाहरूमा मुख्य भूमिका निर्वाह गरेका छन् । ४४ वर्षीय भट्टले अन्य नेपाली अभिनेताहरू भन्दा उच्च शुल्क लिने गरेका छन ।
नेपाली चलचित्र क्षेत्रमा एक्सन अभिनेता र भोजपुरी सिनेमा समेत उनलाई एक्सन स्टारका रुपमा चिन्छन् । पहिलो पटक चलचित्र १२ गाउँबाट डेब्यु गरेको समिर र अर्का सनिर गरेर विराजका दुई जना छोरा छन् ।
विराज भट्टले कैलालीको गेटामा रहेको सरस्वती माध्यमिक विद्यालय, डडेल्धुरा र भारतको देहरादुनबाट शिक्षा आर्जन गरेका हुन । उनकी जीवनसाथीको नाम सरस्वती भट्ट हो ।




