दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडि बढाइन्छ : मन्त्री भण्डारी

कञ्चनपुर- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्रको काम सरकारी, निजी र दातृनिकायसँग सहकार्य गरी अगाडि बढाइने बताएका छन् ।

बुधवार महेन्द्रनगरमा दैजी–छेला औद्योगिक क्षेत्रका बारेमा आयोजित छलफलमा बोल्दै उनले औद्योगिक क्षेत्रका नीतिगत, प्रक्रियागत समस्या हल गर्न वन मन्त्रालय र उद्योग मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल भई समस्या समाधान गर्ने सहमति भएको जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

औद्योगिक क्षेत्रका काम अगाडि बढाउन स्थापना भएको कार्यालयमा अधिकृतस्तरको कर्मचारी खटाउने तयारी भएको उनले बताए । औद्योगिक क्षेत्रका लगत सङ्कलन गरिएका रुख काट्ने काम अगाडि बढाइने उनको भनाइ छ ।

राजस्व चुहावट रोक्न र दायरा बढाउन मन्त्री भण्डारीले कर्मचारीहरुलाई निर्देशन दिए । लागुऔषधको सीमापार क्षेत्रबाट हुने ओसारपसार रोक्न निगरानी बढाउनुपर्ने मन्त्री भण्डारीको भनाइ छ ।

कार्यक्रममा सहभागी पूर्वसंविधानसभा सदस्य कृपाराम रानाले दैजी–छेला औद्योगिक क्षेत्रका काम तत्काल सञ्चालन गर्न माग गरे । कुनै पनि बहानामा विलम्ब गरिनु हुँदैनु, उनले भने, काम सुरुगरी उद्योग स्थापनाको वातावरण सिर्जना गर्नुपर्छ ।

Loading...