बैतडीमा प्रहरीबाटै गाउँमा असुरक्षा बढेको भन्दै चौकी सार्न माग

बैतडी- बैतडीमा प्रहरीबाटै गाउँमा असुरक्षा बढेको भन्दै चौकी सार्न माग गरिएको छ । जिल्लाको पञ्चेशवर गाउंपालिका वडा नम्बर २ का स्थानीय बासी र जनप्रतिनिधिहरूले प्रहरी चौकी अनत सार्न माग गरेका छन् ।

Ganyapdhura gau

प्रहरी हवल्दारको घटनापछि सो गाउँमा किशोरी तथा महिलाहरु माथी प्रहरीबाटै असुरक्षा हुनसक्ने भन्दै महाकाली चौकि अन्तै सार्न माग गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रहरी चौकी सार्न जनप्रतिनिधि सहित ६४ जनाले हस्ताक्षर गरेर प्रशासनमा बुझाएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। १२ दिनसम्म प्रहरी हवल्दारले गायवपारेकि किशोरी नभेटिएपछि स्थानीय आक्रोशित बनेका छन् । स्थानीयले प्रहरी चौकी नचाहिने भन्दै आक्रोशीत भएका छन् ।

पञ्चेश्वर गाउँपालिका–२, महाकालीमा रहेको प्रहरी चौकीका प्रहरी अहिले पञ्चेश्वर गाउँपालिका–३, कुलाउ बजारमा बस्दै आएका छन् । पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवलदार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा मुछिएका छन् ।

हवलदार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।

Couple
Loading...