घटालथानमा बनेका संरचना बाढीले बगायो

डडेल्धुरा- प्रसिद्ध धार्मिक पीठ घटालथानको स्वरूप परिवर्तन गर्न सङ्घीयता पछि ठेक्का सम्झौतामार्फत पहिलो पटक आर्थिक वर्ष २०७५/०७६ मा एक करोड ४२ लाख रुपियाँ बराबरको काम गरिएको थियो । घटालथान क्षेत्रलाई व्यवस्थित र आकर्षणको केन्द्र विन्दु बनाउने योजनासहित यसपछिका वर्षमा पनि करिब साढे तीन करोड रकम खर्च गरिएको थियो ।

Ganyapdhura gau

घटालथानमा भौतिक पूर्वाधारका संरचना निर्माण हुन थाले पछि स्वरूप परिवर्तन हुन थालेको थियो । डोटी खोलामा रहेको घटालथनमा अहिले सम्म घटोत्कच बाबाको मूर्ति वरपर पर्खाल लगाई थानको निर्माण, थान क्षेत्रबाहिर पर्खाल, प्रदेशद्वार, खोला किनारमा प्याराफिट, खोला आउजाउ गर्न पुल, सिँढी बाटो, तलाउ निर्माणका लागि बाँध, शवदाह स्थल, पिसिसी बाटो, शौचालय निर्माण गरिएका थिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पछिल्ला वर्षमा भने बजेट नआउँदा भौतिक पूर्वाधार निर्माणको काम रोकिएको थियो । बजेट आएन तर यस वर्षको असोज महिनामा परेको अविरल वर्षापछि डोटी खोलामा बाढी आउँदा बाँध, शौचालय र प्राचीन नौला लगायतका भौतिक पूर्वाधारका संरचनामा क्षति पुगाएको छ ।

अमरगढी नगरपालिका नगरप्रमुख डिल्लीराज जोशीका अनुसार विश्व बैङ्कको सहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको रकमले घटालथानमा भौतिक पूर्वाधारको काम गरिएको थियो तर पर्याप्त बजेट नहुँदा योजना अनुसार काम पूर्ण रूपमा हुन सकेको थिएन । पछिल्ला वर्षमा बजेट घट्दै गएका कारण कामले तीव्रता पाउन सकेको थिएन । यस वर्ष झन् बाढीले क्षति पुर्याएपछि पुनर्निर्माण गर्न आवश्यक बजेट नभएको उनले बताए ।

डोटी खोलामा बाँध बनाई कृत्रिम ताल बनाई डुङ्गा सयर गर्ने योजना बनाइएको थियो । उनले भने, “केही ठाउँमा वाटर फाउन्टिन बनाई मनमोहक घटाल बनाउने योजना अनुसार पूर्वाधार निर्माणको काम अघि बढाइएको थियो । २०८९ सम्म प्राप्त भएको रकमले केही काम गरिएको थियो तर योजना अनुसार सबै काम हुन सकेको थिएन ।”

अधुरो रहेका काम पूरा गर्न सम्बन्धित मन्त्रालयमा धाइरहेको नगरप्रमुख जोशीले बताए । बुढीघटालका नामले पनि प्रसिद्ध ‘घटालथान’ पर्यटकीय दृष्टिकोणले पनि सम्भावना बोकेको क्षेत्र हो । ‘घटालथान’ को अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि भएको घटाल क्षेत्र विकास समाजका अध्यक्ष कृष्णराज बोहोराले बताए ।

Couple
Loading...