धनगढी- धनगढीमा एक होटलबाट बैतडीकी युवती चरेश सहित पक्राउ परेकी छिन् ।






कैलालीको धनगढी उपमहानगरपालिका-२ रोड हाउस क्याफे नजिक बालाराम बाजुरा होटलबाट बैतडीको पाटन नगरपालिका-१ बस्ने २५ वर्षीया अस्मिता बोहरा चरेश सहित पक्राउ परेकी हुन् ।





बोहरालाई २२ ग्राम ८४० मिलिग्राम लागूऔषध (चरेश) सहित प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले फेला पारि शनिवार नियन्त्रणमा लिएको जनाएको छ ।




