कुनै स्वार्थपूर्तीका लागि नभई संधै जनताको सेवा गर्छु : राज्यमन्त्री चौधरी

अत्तरिया, ३० साउन- कैलालीको गोदावरी नगरपालिका वडा नं २ मा रहेको गौरीशंकर टोल सुधार संस्थाले स्वागत कार्यक्रम गरेको छ । उक्त संस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा भौतिक पूर्वाधार विकास राज्य मन्त्री माननिय चुन कुमारी चौधरीलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको हो ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राज्य मन्त्री चौधरीले आफु कुनै स्वार्थपूर्तीका लागि नभई आफ्नो जीवन कालमा यस क्षेत्रका जनताको सेवा गर्छु भनेर राजनितिमा आएको बताइन् । उनले यस अघि आफु एक पाटीको प्रतिनिधि भएपनि अहिले भने सम्पूर्ण सुदूरपश्चिमबासीको जनप्रतिनिधि भएकाले यस प्रदेशको समग्र विकासका लागि आफुले बिषेश पहल गर्ने बताएकी छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले आफु मन्त्री भएपनि यस स्थान सम्म पुर्‍याउन मलाई साथ सहयोग गर्ने महिला दिदिबहिनी दाजुभाईहरुको लागि आफ्नो कार्यकालमा केही न केही अनुभूति हुने खालको विकासको छाप छोडेर जाने प्रतिबद्धता समेत जनाइन् । उनले गौरीशंकर टोल सुधार समितिका युवाहरुले आफ्नै लगानी र जनश्रमदानमा बनाइएको मन्दिर तथा चौतारी देख्दा निकै खुसी लागेकाले अबका दिनमा आफुले ब्यक्तिगत र मन्त्रालयको तर्फवाट गर्न सकिने सहयोग जुनसुकै बेलापनि गर्न तयार रहेको बताइन् ।

स्वागत कार्यक्रमको अवसर पारेर टोल सुधार संस्थाले राज्यमन्त्री समक्ष टोलको विकासका लागि बिभिन्न मागहरु समेटेर तयार पारेको ज्ञापन पत्र राज्यमन्त्री चौधरीलाई बुझाएका छन् । संस्थाका अध्यक्ष पदम राज ओझाले ज्ञापन पत्र बुझाउँदै मन्दिर क्षेत्रमा सार्वजनिक हल, विवाह मण्डप र ट्वाईलेट भवन निर्माणका लागि माग गरेका थिए । ज्ञापन पत्र ग्रहण गर्दै राज्यमन्त्री चौधरीले आफुले सक्ने सबै कामहरु गर्ने प्रतिबद्धता जनाइन् ।

संस्थाका अध्यक्ष ओझाको सभापतित्वमा आयोजित कार्यक्रममा राज्यमन्त्री चौधरी प्रमुख अतिथी रहेकी थिइन् भने गोदावरी २ का वडा अध्यक्ष कृष्णराज जोशी बिशिष्ट अतिथी रहेका थिए ।

यस्तै कार्यक्रममा वडा नं २ का वडा सदस्य कमल कडायत, समाजसेवी विश्वनाथ ओझा, अत्तरियामा रहेका महिला तथा बालबालिका सेभ हाउसकी अध्यक्ष, गोदावरी पत्रकार मञ्चका पदाधिकारी लगायत स्थानियहरुको उपस्थिती रहेको थियो । साथै सो कार्यक्रममा वडा नं २ मा रहेको हरियाली चेतनशिल महिला समुहकी अध्यक्ष शोभा बोगटी लगाएतका स्थानिय महिला दिदिबहिनीहरुले राज्यमन्त्री चौधरीलाई फुलमाला लगाएर भब्य स्वागत गरेका थिए भने कार्यक्रम संस्थाका सदस्य लोकेश साउँदले संचालन गरेका थिए ।

Loading...