हेमा श्री फाउन्डेसन द्वारा अछामको जाल्पादेबी विद्यालयमा शैक्षिक सामग्री वितरण

अत्तरिया- हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा–६,कैलाली द्वारा अछाम साफेँबगर नगरपालिका–१३, बाब्लामा रहेको जाल्पादेबी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ ।

उक्त विद्यालयलयमा अध्ययनरत विपन्न, आर्थिक अवस्था न्यून, एकल परिवारका ३५ जना विद्यार्थीहरुलाई झोला, कापी र कलम लगायत शैक्षिक सामग्री वितरण गरिएको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

विगतमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि शैक्षिक सामग्री वितरण गर्ने जनाएको छ । विद्यार्थीहरुलाई पोसाक वितरण गर्ने, बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्तराज जोशी (बाजे) ले बताए ।

शैक्षिक सामग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्षित भएका थिए । कार्यक्रममा वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिति निकै कमजोर भएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद र आगामी दिनहरुमा फाउन्डेसनसँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको बताए ।

त्यस्तैगरी कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर विस्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा वडा सदस्य बिरु सुनार, युवा ब्यवसायी टेक बहादुर बटाला, पुस्प बटाला, पृथ्वी बटाला, शिक्षक–शिक्षिका, फाउन्डेसनका पदाधिकारी, अभिभावक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शिक्षक कालू बिस्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक उमाकान्त जोशी ले गरेका हुन् ।

Loading...