आजको मौसम: तराईमा गर्मी बढ्ने, पहाड र हिमालमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने तथा केही स्थानमा तातो दिन हुने सम्भावना रहेको जनाएको छ।

हाल पश्चिमी क्षेत्र आसपासको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। अन्य पहाडी क्षेत्रमा आंशिक बदली तथा अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

Navadurga sun

आज दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...