नेकपा माओवादी केन्द्रद्वारा सुदूरपश्चिममा नेताहरुको कार्यविभाजन

अत्तरिया- नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा पार्टीका नेताहरुको कार्यविभाजन गरेको छ । पार्टी केन्द्रको निर्देशनअनुसार प्रदेश इन्चार्ज गिरीराजमणि पोखरेलले संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, विभिन्न विभाग तथा जनवर्गीय संगठनका मोर्चाहरुमा नेताहरुको जिम्मेवारी बाँडफाँट गरेका हुन् ।

माओवादीले प्रदेशमा कार्यरत केन्द्रीय सदस्यको तीन सदस्यीय कार्यदल गठन गरेको छ । जसमा प्रदेश इन्चार्ज पोखरेल, स्थायी समिति सदस्य खगराज भट्ट र सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज विना मगर सदस्य छन् । माओवादीले नौवटै जिल्लाका संघ र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी नेताहरुको जिम्मेवारी तोकेको छ । कैलाली क्षेत्र नम्बर १ मा तिलक परियार, २ मा लालबहादुर सोडारी, ३ मा कृष्णकुमार चौधरी, ४ मा लक्षीराम आचार्य र क्षेत्र नम्बर ५ मा ओमप्रकाश पुनलाई जिम्मेवारी दिइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश इन्चार्ज पोखरेलले पार्टी कमिटीहरुलाई जारी गरेको सर्कुलरअनुसार डोटीमा संघीय निर्वाचन क्षेत्र हेर्ने जिम्मेवारी पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, डडेल्धुरामा कुन्ती जोशी, बैतडीमा नरेन्द्रबहादुर कुँवर, दार्चुलामा लक्ष्मणदत्त जोशी, बझाङमा मिनबहादुर कुँवर र बाजुरामा कर्णबहादुर बिकलाई जिम्मेवारी दिइएको छ ।

पार्टीका ३२ वटा विभाग तथा ३२ वटा जनवर्गीय संगठन र मोर्चाहरुमा संयोजन गर्ने जिम्मेवारीसमेत बाँडफाट गरिएको सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् माओवादी केन्द्रको प्रचार तथा प्रकाशन विभागका संयोजक ओमविक्रम भाट ‘सरल’ले जानकारी दिए । पार्टी स्कूल विभागको संयोजन गर्ने जिम्मेवारी नेता ओमप्रकाश पुन र प्रदेश मामिला विभागमा पूर्वमुख्यमन्त्री त्रीलोचन भट्टलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै स्थानीय तह विभागमा जमानसिंह धामी, अनुशासन विभागमा हेमराज भट्टराइ, नीति तथा अनुसन्धान प्रतिष्ठानमा रामप्रसाद तिमिल्सेना, सूचना तथा प्रविधि विभागमा शरदसिंह भण्डारी, अर्थ तथा योजना विभागमा मानबहादुर धामी, उत्पादन विभागमा भगत बडुवाल, वन तथा वातावरण विभागमा रमेशसिंह धामी र प्रचार तथा प्रकाशन विभागमा ओमबिक्रम भाटलाई जिम्मेवारी दिइएको छ ।

सुदूरपश्चिम प्रदेशमा पार्टीले जितेका स्थानीय तहलाई नमुना तहको रुपमा विकास गर्न कार्ययोजना बनाउन लागिएको पनि सर्कुलरमा उल्लेख छ । विज्ञहरु सामेल गराएर जनप्रतिनिधिले कार्ययोजना निर्माण गरेर कार्यान्वयन गरिने माओवादी केन्द्रले जनाएको छ ।

Loading...