धनगढीमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ

धनगढी- धनगढी उपमहानगरपालिका ८ धनगढी गाउँमा रहेको तौलाहा ताल आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ ।

क्षेत्रीय सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा व्यवस्थापन पछि तौलाहा तालमा साँझपख आन्तरिक पर्यटक भरिन थालेका हुन । अरू बेला दुई/तीन सय व्यक्ति घुम्न आउने गरेकोमा दसैँको टीकाको दिन हजार बढीले तौलाहा तालको भ्रमण गरेको ताल क्षेत्रमा पर्यटन गतिविधि सञ्चालनका लागि ठेक्का पाउनु भएका धनगढी गाउँका अविनाश चौधरीले बताए ।

Navadurga sun

तौलाहा तालमा पर्यटनलाई लक्षित गरी दुई करोड ३४ लाख रुपियाँ खर्चेर ताल परिसर व्यवस्थापन र सौन्दर्यकरण गर्ने कार्य भएको थियो । ताल क्षेत्रको व्यवस्थापन पछि पर्यटन क्रियाकलाप र रेस्टुरेन्ट सञ्चालनका लागि धनगढी उपमहानगरपालिकाले चौधरीलाई ठेक्का दिएको छ । मासिक ४० हजार रुपियाँ तिर्ने गरी ठेक्का पाएको उनले जानकारी दिए ।

ताल क्षेत्रमा प्रवेश गर्नका लागि प्रति व्यक्ति १० रुपियाँ टिकट निर्धारण गरिएको छ । बच्चालाई भने निःशुल्क प्रवेश दिने गरिएको छ । टिकटबाटै दैनिक तीन हजारदेखि १० हजारसम्म रुपियाँ उठ्ने गरेको जनाइएको छ । झिलिमिली बत्तीले सिङारिएको ताल साँझपख गुल्जार हुने गर्दछ ।

ताल क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकका कारण आसपासमा व्यापार समेत फस्टाएको छ । ताल परिसरमा प्रवेशका लागि बेलुका मात्रै शुल्क लिइने गरेको जनाइएको छ । अन्य समयमा अवलोकनकर्ताहरूले निःशुल्क प्रवेश पाउने गरेको सञ्चालक चौधरीले जानकारी दिए । 

तौलाहामा सोही तालमै पालेको माछाका परिकार खान पाउनेदेखि लिएर थारु समुदायको परम्परागत काठे पिङ्ग (हिरोल्ना) खेल्ने व्यवस्था गरिएको छ । 

ADD Khali jpg
Loading...