डोटीमा परालको टौवा बनाउने क्रममा लडेर एकको मृत्यु

डोटी- डोटीमा एकजना पुरुषको परालको टौवा बनाउने क्रममा लडेर मृत्यु भएको छ । डोटीको बडिकेदार गाउँपलिका ५ बुढाकोट ठुलागडाका अन्दाजी ४३ बर्षिया झकेन्द्र मल्लको आइतबार मृत्यु भएको हो ।

Dadeldhura hospital

आइतबार बिहान साढे ११ बजेतिर सेरा  खेतमा भएको पराललाई रुखमा टौवा बनाउने क्रममा उनी लडेका थिए ।

Navadurga sun
Godawari sandesh

टौवाबाट लडेर घाइते भएका झकेन्द्रलाइ स्थानीय मार्कोट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको उनका काका स्थानीय राजेन्द्र मल्लले जानकारी दिए ।

उपचारका क्रममा उनले छाती दुखेको र समस्या भएको भने पछि थप उपचारका लागि धनगढी लैजाने तयारी गर्दै गर्दा दिउँसो साढे ३ बजे उनको मृत्यु भएको काका राजेन्द्रले बताए । मृतक मल्लका १ श्रीमती १ छोरा र ५ छोरी छ्न

Loading...