धनगढीमा रक्तदाताको नामावली सहित अनलाइन साहस सार्वजनिक

धनगढी- ब्याग्स अफ होप नेपालले साहस सार्वजनिक गरेको छ । संस्थाले कैलालीको धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै रक्तदाताहरूको नामावली सहितको अनलाइन प्ल्याटफर्म साहस सार्वजनिक गरेको हो । 

साहसमा देशभरिबाट रगतको आवश्यकता परेकाहरूले रक्तदाता अरुको खोजी गर्न सक्ने छन् । यस अनलाइन प्ल्याटफर्मले कसरी काम गर्छ त सुनौँ हेरौँ ब्याक होप नेपालका आइटि प्रमुख तथा निर्माता सुबोध जोशीको यो भनाइ । ब्याग्स अफ होपका महासचिव तथा विद्यार्थी नेता दिपेश बोहराले साहस मार्फत रगतको आवश्यकता परेकाहरूले सहजै रूपमा रक्तदादाको पहुँचमा पुग्न सक्ने बताए ।

Navadurga sun

उनले यो अनलाइन पोर्टल बिस्तारै एपको माध्यमबाट पनि सञ्चालन हुने बताए । यसमा एन्जाइटी डिप्रेसनबाट कसरी उन्मुक्ति पाउने, विद्यार्थीहरूका नोटहरू र ट्युसन क्लासहरू पनि बिस्तारै उपलब्ध हुने बताए । 

यस्तै ब्याग्स अफ होपका अध्यक्ष नितेश जोशीले यो अनलाइन पोर्टलले रगतको लागि भौतारिनुपर्ने बाध्यताको अन्त्य गर्ने बताए । यो अनलाइन पोर्टल १८ वर्षीय जोशीले निर्माण गरेका हुन् ।

ADD Khali jpg
Loading...